काठमाडौं– नेको इन्स्योरेन्सले नेपाल एसबीआई बैंकसँग खातावालाहरुको दुर्घटना बीमा र स्वास्थ्य बीमा गर्ने भएको छ ।
विगत २५ बर्षदेखि नेपाली बीमा बजारमा निरन्तर सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्सले सेवा विस्तार गर्ने क्रममा नेपाल एसबीआई बैंकसँग खातावालाहरुको दुर्घटना बीमा र स्वास्थ्य बीमा गर्ने संझौता सम्पन्न गरेको हो ।
संझौतामा नेको इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का तथा नेपाल एसबीआई बैंकको तर्पmबाट बैंकका मुख्य ब्यापार प्रवर्धन अधिकृत छपिराज पन्तले हस्ताक्षर गरेका छन् ।
उक्त संझौता पश्चात नेपाल एसबीआई बैंकमा खाता खोल्ने ग्राहकहरुले बीमा लेख बमोजिम नेको इन्स्योरेन्सबाट स्वास्थ्य तथा दुर्घटना बीमा सेवा पाउने भएका छन् ।