‘जाजरकोट–रुकुममा छपक्कै ढाकिएका युट्युबरले भटाभट आदेश/फैसला सुनाइसके, अब अनुगमन हुनुपर्छ’

कोरोनाभाइरसको महामारीलाई नियन्त्रण गर्नका लागि लागू गरिएको लकडाउनमा मिडियाको भूमिका र प्रदर्शनबारे  प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसँगको अन्तरवार्ताः

अहिले लकडाउनका बेला मिडियाहरुको भूमिका कस्तो रहेको छ ? उनीहरुले कस्ता समाचार सामग्रीहरु प्रकाशन गरिरहेका छन् ?

–स्थापित पुराना र पत्रकारहरुले नै चलाएका सञ्चार माध्यमहरुको कुरा गर्नुपर्दा संयम नै पाइन्छ । यो महामारीमा जनतालाई भय, त्रास नहुने गरी सही सूचना दिने जिम्मेवारीसहित दिइरहेका छन् । ९० प्रतिशत प्रिन्ट मिडिया बन्द अवस्थामा छन् । निस्किएकाहरुको प्रस्तुति पनि जिम्मेवार नै छ । टेलिभिजनहरुको पनि ठीक छ । अनलाइन रेडियोहरुको पनि ठीकै छ । तर एकाध नयाँ प्रवेश गरेका कतै दर्ता पनि नभएकाको हकमा अलि बढी लाइक कमेन्टस बटुल्नका लागि अफवाह बढी फैलाउने, ब्रेकिङ न्युजको नाममा गलत समाचारहरु दिने क्रम रोकिएको छैन । विशेष गरेर अहिले मूलधारका सञ्चार माध्यमभन्दा पनि नयाँ आएका युट्युबहरुबाट र युट्युबसँग जोडिएका अनलाइनहरुबाट समस्या सिर्जना भएको छ । तपाईं रुकुम घटनाको विषय हेर्न सक्नुहुन्छ, कसलाई पत्याउने कसलाई नपत्याउने ? कतिसम्म पत्याउने भन्ने समस्या आयो ।

जस्तो कोरोनाले गर्दा यति मान्छे मरे भनेको हुन्छ, मान्छे मरिसकेको हुँदैन । सङ्क्रमितको सङ्ख्या १२ सय छ भने मृतकै सङ्ख्या १२ सय भनेर तथ्यगत त्रुटि भएर पनि आएको हुन्छ ।

पछिल्लो घटना भनेको रुकुम घटनाको हो । दलित प्रेमी मारिएको भन्ने सन्दर्भमा जाजरकोट र रुकुमभरी युट्युबरहरु छपक्कै छन् । अहिले खास पत्रकारभन्दा पनि युट्युबरहरु हामी पत्रकार हौँ भनेर आफैँले प्रेसको ज्याकेट लगाएर आफैँले बनाएको प्रेस पास बोकेर हिँडेका छन् । त्यहाँ छानबिन समिति पुग्न ढिला भइरहेको छ । उसले काम गर्न पाएको छैन । तर भटाभट आदेश फैसला निष्कर्ष सुनाउने काम युट्युबबाट भइसक्यो ।


 तर भैदियो के भने तथ्यलाई पुष्टि नगर्ने, हतारोको पत्रकारिता विकास भयो । योसँगै मिडियालाई मात्रै म दोष दिन्न, राजनीतिज्ञ, नीतिनिर्माता, मन्त्रीजी, सांसदज्यूहरुलाई पनि अलि बढी सहानुभूति लिने, समाचार चाहिँ चुहाइहालुँ भन्ने अलिकति कौतुहल, चुलबुलपनाले गर्दा पनि सूचना चुहिएका र ती गलत भएका छन् । उदाहरणका लागि बुटवलको क्रिमसन अस्पतालमा बसेका गुल्मीका एक हेडसर मरिसकेको भनेर अघिल्लो दिन नै समाचार आयो ।


हुँदाहुँदै झुटो विवरण दिने घटना पनि बढेको छ । जस्तो बुटवलमा ट्रेजेडीमा परेको युवायुवतीको अडियो कुराकानीलाई नवराज र सुष्मा मल्ल ठकुरीको हो भनेर पनि गरिएको छ । हिरासतमा सुष्मा मल्ल ठकुरी छिन्, उनलाई गर्भवती पनि भनिएको छ । त्यसको वास्तविकता पनि पुष्टि हुन बाँकी होला । यसरी मिडियाले आफैँ ज्योतिष पनि बन्न नहुने हो । न्यायाधीश पनि बन्न नहुने हो, चिकित्सक पनि बन्न नहुने हो । यो अवस्थामा सबै फैसला सुनाउन नहुनेमा सबै विज्ञता आफैमा हासिल भएजस्तो हुने भएकाले समस्या सिर्जना भएको छ । यसले गर्दा समग्र मिडिया नै दोषी हो कि ? नेपालका सबै मिडियाकर्मी सबै छ्या पत्रकार, छि पत्रकार भन्नुपर्ने अवस्थामा पुगेको हो कि ? सर्वसाधारणमा नराम्रो छवि बन्न पुगेको छ । त्यसैले यो चाहिँ दूधको दूध पानीको पानी छ्ट्याउने, हाम्रो पेसालाई शुद्धीकरण गर्ने उपयुक्त घडी हो । पोखरी जमेको छ, त्यसमा माछाहरु छन्, हिले माछाहरु पनि छन्, भ्यागुताहरु पनि थुप्रिएका छन्, लेउ पनि जमेको छ, यसलाई यो बेलामा छुट्याउनुपर्ने अवस्था छ ।

गत जेठ ७ गते एकै दिन तपाईंहरुले आचारसंहिता उल्लङ्घन गरेका ४० अनलाइन सञ्चार माध्यमलाई पत्र काट्नुप¥यो, आचार संहिता पालनामा मिडियाहरु उदासिन हुँदै गएका हुन् ?  

–त्यस्तो देखिन्छ किनभने सबैमा होडबाजी छ । जो सही सूचना दिएर जनताको आवाजविहीनहरुको अवाज बन्नेभन्दा पनि बढी पैसा कमाउने जस्तो डलर तान्ने जस्तो युट्युबहरुको अहिले त्यस्तो धन्दा देखिन्छ । त्यसमा सबैलाई गाली गरेको हैन, जिम्मेवार मिडियाहरुले पनि युट्युब च्यानल चलाइरहेका छन्, सबैलाई सोलोडोलो पार्न खोजेको हैन ।

तर भैदियो के भने तथ्यलाई पुष्टि नगर्ने, हतारोको पत्रकारिता विकास भयो । योसँगै मिडियालाई मात्रै म दोष दिन्न, राजनीतिज्ञ, नीतिनिर्माता, मन्त्रीजी, सांसदज्यूहरुलाई पनि अलि बढी सहानुभूति लिने, समाचार चाहिँ चुहाइहालुँ भन्ने अलिकति कौतुहल, चुलबुलपनाले गर्दा पनि सूचना चुहिएका र ती गलत भएका छन् । उदाहरणका लागि बुटवलको क्रिमसन अस्पतालमा बसेका गुल्मीका एक हेडसर मरिसकेको भनेर अघिल्लो दिन नै समाचार आयो ।

त्यो त त्यहाँको सामाजिक विकास मन्त्रीले चुहाएको सूचना हो नि । त्यसैले मुहान पनि सङ्लो हुनुप-यो पहिला, समाचार सूचना दिने ठाउँमा बसेकाहरुले पनि हतार गर्नुभएन । पुष्टि बिनाका समाचार आए भने त्यसले के हुन्छ भने जिउँदो रहेको परिवारलाई पुग्ने मानसिक तनाव हुन्छ । समवेदना दिनेहरुले, फेसबुकमा लेख्नेहरुले, आरआईपी लेख्नेहरु, भीडमा फेसबुकका भित्ता रङ्ग्याउनेहरु, आउने फोन कलबाट चाहिँ परिवारका बालबच्चाहरुले कस्तो महसुस गर्लान् ?

घरमा मान्छे समवेदना चढाउन आउँदा कति तनाव दिन्छ । यसमा सामाजिक संवेदनका कुराहरुमा सूचना चुहाउनेहरुले पनि बुझ्नुपर्ने हुन्छ र स्रोतले भन्यो भनेर उम्कन चाहिँ पाइँदैन फेरि । किनभने प्लेटफर्म त त्यो मिडिया नै हो नि । स्रोत त पर्दापछाडि हुन्छ, उसले अदालतमा आएर बयान दिनु पर्दैन, दिनु त मिडियाले नै पर्छ, केही केस परिहाल्यो भने । त्यसैले जिम्मेवार भूमिका निर्वाह गर्ने भएकै कारणले मिडियालाई चौथो अङ्ग भनिएको हो ।

चौथो अङ्गले राज्यका ३ अङ्गलाई नियमन गर्नुपर्ने, निगरानी गर्नुपर्ने, अनुगमन गर्नुपर्ने निकाय नै आफ्नो भूमिकामा चुके भने पेसाप्रतिको विश्वसनीयता कमजोर हुँदै जान्छ ।

अहिले प्रेस काउन्सिलले कसरी आचार संहिता अनुगमन गरिरहेको छ ? कति सञ्चार माध्यमलाई कारवाहीको प्रक्रियामा ल्याउनुभएको छ ?

–चैत १० गतेपछि लकडाउनको यो दुई महिनाको अवस्था हेर्दाखेरी जिम्मेवार मिडियाहरु जो दर्ता छन्, जो सूचीकरण भएका छन्, उनीहरुसँग अनलाइन मिडियाहरुसँग जवाफ मागिएको, स्पष्टीकरण मागिएको, सचेत गराइएको, ध्यानाकर्षण गराइएको सङ्ख्या १ सय ३८ वटा छ । हामीसँग दर्ता भएका अनलाइन २ हजार ६५ प्लस रहेका छन् । यो १ सय ३८ खास धेरै हैन । यो डाटा हेर्दा जिम्मेवार मिडिया पनि छन् भन्ने देखिन्छ ।


मुद्दा नपर्दासम्म त उसले डलर कमाइरहन्छ, यो विडम्बनापूर्ण परिस्थिति छ । यसको मारमा को प-यो भन्दा नेपालको एक मात्र समाचार समिति राष्ट्रिय समाचार समिति छ । त्यसमा आश्रित भएर चल्ने अनलाइन सङ्ख्या झन्डै सात आठ सय होलान् । आफ्नो मौलिकता नहेर्ने, मिहिनेत नगर्ने, अरुको हेरेर चोरेर सार्ने अनलाइनहरु छन् ।


अर्कोकुरा नेपालभित्र प्रकाशन हुन नसक्ने बनाइएका साइटहरुको सङ्ख्या ७३ वटा छ । हामीले स्वअनुगमन त गरिरहेका छौँ, सर्वसाधारणबाट आएको उजुरी हेर्दा त्यसको सङ्ख्या १५ वटा छ । सबैभन्दा धेरै स्वअनुगमनबाट हामीले पत्ता लगाइरहेका छौँ ।

किनभने हामीसँग डिभाइस छ, कसैले पोस्ट नै गरेर डिलिट ग-यो भने पनि हाम्रो सिस्टमले त्यसलाई पक्रिन्छ र हामीले तत्काल पुर्जी काट्छौँ । तपाईंले देख्दादेख्दै हामीले यहाँ पुर्जी पनि काटिसक्यौँ । त्यसैले बिना मोलहिजा सबैप्रति समान रुपमा आफू सुध्रिनका लागि हामीले मद्दत गरेको पाटो मात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *